शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
पोखरा । गण्डकी प्रदेश सरकारले तालिम केन्द्रको महानिर्देशक बनाएर खटाएपछि अदालत गएका पूर्व स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माको रिट खारेज भएको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको इजलासले उनको रिट खारेज गर्ने आदेश दिएको हो ।
शर्माले आफू सचिवमै कायम हुनुपर्ने माग सहित रिट दिएका थिए । सरकारले सचिव भएर काम गरिसकेको व्यक्तिलाई घटुवा हुने गरी जिम्मेवारी दिएको आरोप उनको थियो ।
माघ ८ गतेदेखि पटक पटक छलफल र बहस भइसकेपछि अन्ततः उनले दायर गरेको रिट नै खारेज गरिदिएको हो । प्रदेशको मन्त्रिपरिषद् बैठकले लामो समय स्वास्थ्य सचिव भएर काम गरेका शर्मालाई हटाएर संघबाट खटिएका सहसचिव डा. विश्वबन्धु बगालेलाई जिम्मा दिएको हो ।
९ माघमा उमेश कोइरालाको इजलासले अल्पकालीन आदेश दिएको थियो । लगत्तै शर्मा सचिवकै कुर्सीमा बसेर काम गरिरहेका थिए ।
माघ १४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेपछि पुनः कागजात मगाउने आदेश गरिएको थियो । सोमबार अन्तिम सुनुवाइ गर्दै रिट खारेजीको आदेश दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण