हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
बुधबार, ३० माघ २०८१, ०१ : १८
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् ।
हमासले यो हप्ताको अन्तिममा सम्झौता अनुसार इजरायली बन्धकलाई रिहा नगर्ने प्रतिक्रिया दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको हो ।
नेतन्याहूले इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको समेत बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसका लागि समय सीमाा हमास आफैं तय गर्ने बताएका छन् । उनले हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण