'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
काठमाडौँ। एक्टिङ रियालिटी शो 'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न भएको छ । 'एक्टिङ स्टार' मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । ति मध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरी सम्पूर्ण सहभागीहरूलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेस्ट बङ्गाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए । गायन र नृत्यको मात्र रियालिटी शोहरु सञ्चालन भइरहेको अवस्थामा 'एक्टिङ स्टार' आउने खबरले सानादेखि ठुला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ । सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरू पनि रहेका छन् । अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।
अभिनयका बादशाह भनेर चिनिने नीर शाह,थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नेछन्। अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रसारण हुनेछ ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशि सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण