मस्क दुःखी आत्मा हुन् : साम अल्टम्यान
क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकारी (सीईओ) साम अल्टम्यानले प्रतिस्पर्धी एलन मस्कविरुद्ध पुनः अभिव्यक्ति दिएका छन् । ओपनएआई किन्न मस्कले दिएको प्रस्ताव अस्वीकार गरेको भोलिपल्ट अल्टम्यानले फेरि मस्कबारे मुख खोलेका थिए ।
च्याट जीपीटी बिक्रीका लागि होइन भनेर मस्क नेतृत्वको समूहको लगानीकर्तालाई उनले जवाफ दिएका थिए । मस्कले ९७ अर्ब ४० करोड डलरमा ओपनएआई किन्ने प्रस्ताव गरेका थिए ।
‘एलनले लामो समयदेखि सबैमा हात हाल्न खोजिरहेका छन्, यो हप्ताको घटना क्रम यसकै अर्को कडी हो ।’ मङ्गलवार पेरिस एआई एक्सन समिटमा ब्लुम्बर्ग टिभीलाई दिएको एउटा अन्तरवार्तामा अल्टम्यानले भनेका थिए ।
मस्कले असुरक्षाका कारण ओपनएआई किन्ने प्रस्ताव गरेका हुन् त भनेर सोधिएको प्रश्नको जवाफमा उनले हुन सक्ने भन्ने जवाफ दिएका थिए । मस्कको सारा जीवन नै असुरक्षामा रहेको र उनी दुःखी आत्मा जस्तो आफूलाई लाग्ने पनि उनले बताए । ‘म उनको लागि केही महसुस नै गर्दिन,’ अल्टम्यानले भनेका थिए ।
यस विषयमा सोध्दा मस्क र उनको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रवक्ताहरूले केही पनि टिप्पणी गर्न नमानेको सीएनएनले एक समाचारमा भनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा मस्कलाई दिएको विशेष हैसियतबारे आफूलाई कुनै चासो नभएको पनि उनले बताए ।
‘मलाई चासो हुनुपर्थ्याे होला, तर अहँ छैन’ अल्टम्यानले भने । हरेक दिन बिहान आफू उठेर प्रविधिलाई अझ उन्नत बनाइरहेका छौँ भनेर सोच्ने गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण