गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ चलचित्र बनाउने
काठमाडौँ । ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका हुन् । चलचित्रको केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।
नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र आशीर्वाद मा अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छ ।
‘समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ १ अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ’, उनले अगाडि लेखेका छन्– ‘तर, यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।’
रानी म्युजिक इन्टरनेशनल प्रालि ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण