बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भयो : मन्त्री यादव
बिहीबार, ०१ फागुन २०८१, १४ : ५५

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले बबरमहलमा फुटेको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री यादवले सो कुराको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- ‘थोक वितरण प्रणाली अन्तर्गतको सो पाइप मर्मत कार्य गएरातिदेखि अहिलेसम्म निरन्तर प्रयास गरी आज पूर्ण रूपमा सम्पन्न गरिएको छ ।’
उनले अहिले पानी परीक्षणको काम भइरहेको समेत बताएका छन् । परीक्षण सम्पन्न भएपश्चात् खानेपानी वितरण प्रक्रिया पुनः सुचारु गरिने समेत मन्त्री यादवले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो