कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।
वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।
परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण