ताइवानको डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोटः ४ को मृत्यु, २६ जना घाइते
ताइवानमा बिहीबार डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
ताइचुङको शिन काङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तल्लामा रहेको फुड कोर्टमा विस्फोट भएको ताइचुङ दमकल ब्युरोले जनाएको छ । मृत्यु हुनेमा मकाउबाट आएका दुई जना पनि छन् । घाइतेहरूलाई ताइचुङस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
बिहान ११ः३० बजेतिर दर्जनौं दमकललाई घटनास्थलमा खटाइएको थियो। भवनको केही भागमा क्षति पुगेको छ भने स्टोरका टुक्राहरू सडकमा छरिएका थिए ।
ताइचुङका मेयर लु शिउ येनले आफू नजिकैको कार्यालयमा झड्का महसुस गरेको बताए। उनले उद्धार कार्यमा दमकल केन्द्रित रहेको जानकारी दिए ।
साथै अन्य खतराका स्रोतहरू छन् कि छैनन् भन्ने अनुसन्धान भइरहेको उनले बताए । ताइवानका राष्ट्रपति लाइ चिङ सिएनले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सबै सम्बन्धित सरकारी निकायलाई आग्रह गरेका छन्।
यसअघि केही दिनअघि पनि दक्षिणी ताइवानको एक १३ तले भवनमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या ४६ पुगेको थियो। आगलागीमा परी करिब ५१ जना जलेर अस्पताल भर्ना भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण