जर्मनीमा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते
बिहीबार, ०१ फागुन २०८१, २० : ५२
म्युनिख । जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन् । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यो घटना सहरको केन्द्रीय रेलवे स्टेसन नजिकै भएको हो। म्युनिख प्रहरीका अनुसार कार वर्डी ट्रेड युनियनको प्रदर्शनका क्रममा प्रहरीका कारहरू नजिकै पुगेपछि तीव्र गतिमा गुड्दै र मानिसहरूलाई ठक्कर दिएको थियो ।
प्रहरीले चालक २४ वर्षीय अफगानी शरणार्थी भएको र चोरी र लागुऔषध अपराधका लागि परिचित रहेको बताएको छ। यो दुर्घटना थियो वा जानाजानी गरिएको आक्रमण थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन। यसैबिच, अधिकारीहरूले दुर्घटना ‘शंकास्पद आक्रमण" जस्तो देखिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण