भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः
आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईंले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् । व्यावसायिक जीवनमा जतिसुकै व्यस्त भएपनि समयमै घर पुग्नुहोस् । विकेन्डमा डेट लैजानुहोस् ।
पार्टनरको लुक, हेयरस्टाइल, बडी, कपडा र उनको कामको तारिफ गर्न सिक्नुहोस् । तपाईंले भनेका शब्द उनका लागि निकै महत्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र ? भनेर कहिले पनि नसोच्नुहोस् ।
सरी भन्न सिक्नुहोस्ः
जब तपाईं रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् । यसमार्फत् यो पनि थाहा हुन्छ कि तपाईं आफ्नो पार्टनरको भावनालाई कति सम्मान गर्नुहुन्छ ।
सरप्राइज गिप्ट किन्नुहोस्ः
कहिले काँही कुनै प्रसंग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्वपूर्ण नभई यसमार्फत् तपाईंले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।
सल्लाह माग्नुहोस्ः
महत्वपूर्ण विषयमा पार्टनरको धारणा बुझ्नुहोस्, कुराकानी गर्नुहोस् । जीवनको महत्वपूर्ण निर्णयमा उनलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो