दक्षिण कोरियामा निर्माणाधीन रिसोर्टमा आगलागी, मृतकको सङ्ख्या ६ पुग्यो
सोल । दक्षिण कोरियाको बुसान सहरमा निर्माणाधीन एउटा रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ ।
बुसान अग्नि नियन्त्रक निकायका अनुसार बिहान करिब १०ः२० बजे आगलागी भएको खबर आएको थियो । दर्जनौं दमकलकर्मीहरू आगो निभाउने प्रयास गरेका थिए । आगलागीपछि करिब १०० जना कामदारहरू घटनास्थलबाट बाहिर निस्कन सफल भएको बताइएको छ ।
जमिन माथि १२ तला र मुनि ३ तला रहेको तीन वटा भवनमा सो घटना भएको हो ।
घटनामा २५ जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । इन्डोर स्वीमिङ पुल नजिक रहेको इन्सुलेशन मटेरियल लोड भइरहेको ठाउँमा आगोलागी भएको भनिएको छ ।
घटनास्थलबाट १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । घटनापछि, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले अधिकारीहरूलाई आगो निभाउन उपलब्ध सबै कर्मचारी र उपकरणहरू प्रयोग गर्न आदेश दिएका थिए ।
कति जना भित्र फसेका छन् भन्ने अझै स्पष्ट भइनसकेको बताइएको छ । छ जनालाई अस्पताल लगिएको थियो, अस्पतालमै उनीहरूलाई मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण