बाबरद्वारा आम्लाको कीर्तिमान बराबरी
कराची । पाकिस्तानका प्रभावशाली ब्याटर बाबर आजमले हासिम आम्लाको कीर्तिमान बराबरी गरेका छन् । उनी आम्लासँगै एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्ने खेलाडी बनेका हुन् ।
आम्लाले १२३ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । बाबरले न्युजिल्याण्डविरुद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको फाइनल खेलमा यो कोशेढुंगा पार गरे । फाइनल खेलमा उनले ३४ बलमा २९ रन जोडेका थिए ।
बाबरले कीर्तिमान बनाएसँगै यो सूचीको दोस्रो स्थानमा रहेका विराट कोहली तेस्रो स्थानमा झरेका छन् । उनले १३६ इनिङ्समा यो उपलब्धि हात परेका थिए । बाबर अघि सइद अनवरले पाकिस्तानका लागि १६२ इनिङ्समा ६ हजार रन पूरा गरेका थिए ।
बाबरले यसअघि मात्र ९७ रन इनिङ्समा ५ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका थिए । उनी आम्ला (८२ इनिङ्स) पछि सबैभन्दा चाँडो ४ हजार रन पूरा गर्ने खेलाडी हुन् । उनले ८१ इनिङ्समा यो उपलब्धि हात पारेका थिए ।
यसैगरी, ६ हजार रन पूरा गर्दा बाबरको औसत ५५.७३ रहेको छ । कुनै पनि ब्याटरले ६ हजार रन पूरा गर्दा कायम राखेको सबैभन्दा उच्च औसत हो । यसअघि, माइकल बेभेनले १६७ औँ इनिङ्समा ६ हजार रन पूरा गर्दा ५४.७० को औसत कायम राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण