सात महिनामा डेढ लाख सवारी लाइसेन्स छापियो
शनिबार, ०३ फागुन २०८१, ११ : १५
काठमाडौँ । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ७ महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । माघ मसान्तसम्म १ लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
साथै यो अवधिमा सवारी चालक अनुमति पत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ । यसैगरी विभागले सवारी साधनमा जी.पी.एस.जडान कार्य निरन्तर रूपमा अगाडि बढाएको छ ।
यस्तै माघ मसान्तसम्ममा ३७ हजार ९५४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ भने ७ हजार ४७६ थान जडानका लागि यातायात कार्यालयहरूमा वितरण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण