माछा मार्न गएका युवक नदीमा बेपत्ता
शनिबार, ०३ फागुन २०८१, २० : ०६

मान्म । कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ । बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन