दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
चरिकोट । दोलखाको सैलुङ गाउँपालिकामा वडा नम्बर ८ फलाम पोखरी मन्दिर परिसरबाट पुरातात्त्विक महत्त्वको घण्टी चोरी भएको छ । केही दिनअघि सो मन्दिर परिसरबाट घण्टी चोरी भएको हो ।
घण्टी अचानक चोरी भएपछि सरोकारवालाहरूले समेत चासो दिएका छन् । वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ सोभित उप्रेतीले संरक्षणको पर्खाइमा रहेको प्राचीन मन्दिरबाट लिच्छविकालीन इतिहास बोकेको ५०० वर्षभन्दा पनि पुराना पुरातात्त्विक महत्त्वको घण्टी हराउनु दुःखद भएको बताएका छन् ।
स्थानीयवासी तथा राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष समेत रहेका उप्रेतीले सैलुङको विकासमा तीव्रता दिँदै जाँदा यस्ता घटना घट्नु दुःखद रहेको बताए । उप्रेतीले घण्टी चोरी गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासन समक्ष आग्रह समेत गरेका छन् । उनले राज्यले संरक्षण गर्नुपर्ने पुरातात्त्विक महत्त्वका सामाग्री संरक्षण गर्न राज्यका निकाय नै उदासीन हुँदा यस्तो घटना बढेको बताए ।
उप्रेतीले यस्ता घटनामा संलग्न चोरहरूलाई कुनै राजनीति दलहरूले संरक्षण नगर्न पनि आग्रह गरेका छन् । घण्टी चोरी भएको केही दिन बित्दा पनि सम्बन्धित निकायबाट खासै चासो नदेखाएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा मार्फत पनि रोष प्रकट गरिरहेका छन् ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रहरी प्रमुख दाताराम अधिकारीले प्रहरीकोमा निवेदन आएको र चोरी भएको भन्ने थाहा पाएकोले सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताए । अधिकारीले घण्टी चोरी गर्ने चाँडै पत्ता लाग्ने र कानुनी कारबाही हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण