अमेरिकाले नेपालीलाई पनि नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट नगरोस् : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका नेपालीलाई उक्त देशले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले यसरी नेपालीलाई अमेरिकाले डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने बताए ।
‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेसरकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले भारतीय नागरिकलाई जेल लगाएर अमेरिकाले डिपोर्ट गरेको विषयले पश्चिमाहरुले दिनेगरेको मानव अधिकारको दुहाईको विश्वमै धज्जी उडेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण