सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव
सुर्खेत । यसअघि वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुँदै आएको कर्णाली उत्सव यो पटक सिटी हलमा हुने भएको छ । सोमबारदेखि सुरु हुने उत्सव सोमबार, मङ्गलवार र बुधवार गरी तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
यो उत्सवको छैटौँ संस्करण हो । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सञ्चालन गर्ने गरिएको छ । कर्णाली उत्सवका संयोजक कमल लम्सालले कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन उत्सवका माध्यमबाट प्रयास थालिएको बताए ।
‘परम्परागत रूपमा हुने कचहरी वा बैठककै आधुनिक रूप हो, कर्णाली उत्सव,’ उनले भने, ‘उत्सवको माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेका हौँ ।’
बहसमा मूलतः कर्णालीलाई केलाउने गरिन्छ । साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिइने बहसका रूपमा पनि लिइएको उनको भनाइ छ ।
‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो,’ लम्सालले भने, ‘विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीहरूले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउँछ ।’
आयोजक संस्थाका अनुसार यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन रहने छन् । त्यसका लागि देशभरबाट राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरु वीरेन्द्रनगरमा आउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
-
इँटाभट्टाको पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण