तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
आइतबार, ०४ फागुन २०८१, १७ : २४
कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।
तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला परेको हो ।
कालिकोट प्रहरीका अनुसार शाही माछा मार्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए ।
डुबेर बेपत्ता भएका शाहीको खोजी कार्य स्थानीय र प्रहरीले शनिवार बेलुकादेखिनै सुरु गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीका अनुसार शाहीको शव घटनास्थलभन्दा २५ मिटर तल भेटिएको हो । उनी कक्षा १२ मा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
-
पेट्रोलको मूल्य स्थिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण