रणवीर अलाहबादियालाई कसले दियो ज्यान मार्ने धम्की ?
नयाँ दिल्ली । युट्युबर रणवीर इलाहाबादियाले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेका छन् । यस पोस्टमा उनले आफूलाई ज्यान मार्ने धम्की आइरहेको छ र आफू डराएको भनेका छन् ।
उनी र उनको टोलीले प्रहरीलाई पूर्ण सहयोग गरिरहेको पनि बताइएको छ । युट्युबरले अश्लील टिप्पणी गरेको मुद्दामा अहिलेसम्म आफ्नो बयान रेकर्ड नगराएको शुक्रवार, मुम्बई प्रहरीले भनेको थियो ।
रणवीर इलाहाबादियाले शनिवार राति यो पोस्ट शेयर गरेका हुन् । यस पोस्टमा उनले लेखेका छन्, ‘म र मेरो टोली अनुसन्धानको लागि प्रहरी अधिकारीहरूलाई सहयोग गरिरहेका छौं । म प्रक्रिया पालना गर्नेछु र एजेन्सीलाई अभेइलेबल रहनेछ । मलाई थाहा छ कि इन्डियाज गट ल्यालेन्ट कार्यक्रममा मैले अभिभावकका बारेमा जे भनेँ त्यो असंवेदनशील टपिक थियो,’
आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको र केही मानिसहरू आफूलाई मार्न चाहेको उनले बताए ।
‘तिनीहरू मेरो परिवारलाई पनि हानि पुर्याउन चाहन्छन् । यति मात्र होइन, केही मानिसहरू मेरी आमाको क्लिनिकमा बिरामी बनेर समेत छिरे । म डराएको छु र के गर्ने मलाई थाहा छैन । तर म भागिरहेको छैन । मलाई प्रहरी र देशको कानुनमाथि पूर्ण विश्वास छ’ पोस्टमा उनले लेखका छन् ।
फेब्रुअरी १४ मा रणवीर इलाहाबादियाले सर्वोच्च अदालतमा अपिल गरेका थिए । इलाहाबादियाको अश्लील टिप्पणीलाई लिएर देशभरि धेरै एफआईआर दायर गरिएका थिए । इन्डियाज गट लेटेन्टु स्ट्यान्ड–अप कमेडियन समय रैनाको कार्यक्रम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण