पेटमा समस्या देखिएपछि साकिरा अस्पतालमा, रद्द भयो कन्सर्ट
बोगोटा । चर्चित कोलम्बियाली गायिका साकिरा अचानक बिरामी परेकी छिन् । पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यससँगै गायिकाले पेरुमा हुन लागेको एउटा कन्सर्ट रद्द गरेकी छिन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै गायिकाले फ्यानहरूलाई आफ्नो स्वास्थ्यबारे अपडेट दिएकी थिइन् । कन्सर्ट रद्द भएकोमा उनले माफी पनि मागेकी छिन् ।
आफू अझै पनि अस्पतालमा भएको र आफ्नो पेटमा समस्या देखिएको उनले बताएकी छिन् । खराब स्वास्थ्यकै कारण डाक्टरहरूले अहिलेका लागि पर्फम गर्न रोक लगाएको भनिएको छ । ‘तपाईंहरू सबैलाई यो जानकारी गराउँदा मलाई निकै दुःख लागेको छ कि हिजो राति पेटको समस्याका कारण म इमर्जेन्सीमा जानुपरेको थियो र अहिले पनि म अस्पतालमै छु, ’ पोस्टमा उनले लेखेकी छिन् ।
साकिरा अहिले पनि डाक्टरको निगरानीमा छिन् । डाक्टरहरूले आफूलाई पर्फम नगर्न सल्लाह दिएकोले आफू स्टेजमा आउन सक्ने अवस्थामा नभएको पनि लामो पोस्टमा गायिकाले लेखेकी छिन् ।
कन्सर्ट रद्द भएकोमा साकिराले निराशा व्यक्त गरेकी छिन् । तर आफू चाँडै स्टेजमा फर्कने उनले बताइन् । सोमबारसम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने उनको भनाइ छ । आफ्नो टिम र कन्सर्ट प्रमोटरहरूले नयाँ मिति तोक्नपट्टी काम गरिरहेका उनले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण