ज्याक माले भेटे चिनियाँ राष्ट्रपति सी जिनपिङ
बेइजिङ । चिनियाँ राष्ट्र सी जिनपिङले घरेलु अनलाइन खुद्रा कम्पनी अलिबाबाका सह–संस्थापक ज्याक मालाई भेटेका छन् ।
सोमबार राजधानी बेइजिङमा सिले माको साथमा अन्य प्रविधि कम्पनीका कार्यकारीहरूलाई पनि भेटेका हुन् । यसलाई वर्षौँसम्म प्रविधि कम्पनीहरूमाथि कडाइपछि चीन सरकार व्यवसाय मैत्री बन्न लागेको हो कि भन्ने रूपमा अर्थ्याउन लागिएको छ ।
चीनको सरकारी टिभी च्यानल सीसीटीभीले बताएअनुसार सिले मा बाहेक हुवावेईको संस्थान रन चङफई, बीवाईडीका सीईओ वाङ्ग चुआन्फु, सीएटीएलका सीईको जेङ युकुन र साओमीका सीईओ लेई जुनलाई पनि भेटेका छन् । चिनियाँ स्टार्टअप कम्पनी डीपसिकले नयाँ एआई मोडल लञ्च गरेर एआई जगतलाई तरंगित पारेको केही हप्तामै सिले निजी क्षेत्रका उद्यमीहरूलाई भेटेका हुन् ।
२०२० मा एउटा सार्वजनिक भाषणमा माले चीनको वित्तीय नियामक र सरकारी बैंकहरूलाई गाली गरेपछि अलिबाबा नियामक कारबाहीमा परेको थियो । कम्पनीको फिन्टेक कम्पनीको अमेरिकामा आईपीओ निष्कासन अन्तिम क्षणमा रोक्का गरिएको थियो भने अलिबाबाको शेयर मूल्य घट्दा केही दिनमै माले अर्बौँ डलर नेथवर्थ गुमाएका थिए ।
यो घटना यता मा सार्वजनिक स्थलमा खासै देखिएका थिएनन् । उनी जापानलगायत देशहरूमा बस्दै आएका थिए । चीन सरकारले निजी क्षेत्रका कम्पनीहरूलाई टेवा दिने संकेत बढाइरहेको समयमा भएको मा र सीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण