सामाजिक सञ्जाल विधेयक अस्वीकार्य : एनपी साउद
काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको सामाजिक सञ्जाल विधेयक अस्वीकार्य रहेको बताएका छन् । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने साउदले बताए ।
नेपाल प्रेस युनियनले मंगलबार काठमाडौँमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै पनि कदमविरुद्ध आफू उभिने बताएका हुन् ।
‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अङ्कुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, साउदले भने, ‘पत्रकारका आवाजहरू बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’
साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको बताए ।
नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य सङ्गठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो ।
नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण