सभामुखले सांसदलाई बोल्न नदिएको भन्दै सुदन किरातीले उठाए प्रश्न

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतमा नेपाली छात्राको मृत्युको विषयमा सोमबारको बैठकमा सांसदलाई बोल्न नदिएको भन्दै नेकपा माओवादी केन्द्रका साम्सद सुदन किरातीले सदनमा प्रश्न उठाएका छन् ।
‘भनिन्छ लोकतन्त्रमा संसद् ऐना जस्तै हुनुपर्छ । संसद्मा देश र जनताको तस्बिर देखिनु पर्छ.'साम्सद किरातीले भने, 'तर त्यस्तो हुन सकेको छैन ।'
हिजो मात्र भारतको ओडिसा राज्यमा घटेको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद् बेखवर रह्यो’, मंगलबारको संसद् बैठकमा उनले भने, ‘माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने हिजो किन नमिलेको होला सभामुख महोदय ?’
साम्सद किरातीले अगाडि भने, ‘के नियमावलीले छेक्यो ? कि नियतले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो वा हाम्रो मस्तिष्क भित्र पूर्वाग्रह रह्यो ?’
उनले संसदमा नागरिकको एजेन्डाले स्थान पाउन छोडेको बताए । उनले केही दिन अगाडी भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा संसद्को कुरूप चित्र देखेर दुनियाँ हाँसेको पनि बताए ।
‘शायद सभामुख महोदयलाई पनि भित्र भित्र लज्जा वोध भएको हुनुपर्छ’, उनले भने । सोमबारको प्रतिनिधिसभा बैठकमा भारतमा भएको घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सवाल उठाउन खोज्दा सभामुखले समय दिएका थिएनन् । यस्तै केही दिनअघि सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले आक्रोश पोख्दै जवाफै दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्स र पुरनको अर्धशतक, नाटकीय पतनपछि २०९ रनमा रोकियो लखनउ
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने