भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकारको कूटनीति पहल असफल देखियो : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनामा समाधानमा सरकारको कूटनीतिक असफलता देखिएको आरोप लगाएका छन् ।
मंगलबार संसद बैठकमा बोल्दै वाग्लेले विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले समयमै कूटनीतिक पहल नगर्दा विद्यार्थीहरू अलपत्र परेको आरोप लगाएका हुन् । उनले यस विषयमा निरन्तर निष्पक्ष छानबिन गर्नका लागि सरकारसँग आग्रह गरे ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युटमा भएको घटनामा निष्पक्ष छानबिनका लागि भारत सरकारसँग निरन्तर कूटनीतिक पहल गर्नुपर्छ । एक दुई वटा वक्तव्य जारी गरेर हुँदैन । हरेक दिन अपडेट चाहिन्छ । परराष्ट्रको संयन्त्रकै रिस्टक्चर गर्नुपर्ने छ । गोजीबाट बनाएको राजदूतले काम गर्न सक्षम हुन्छन् । यस विषयमा सरकारले उचित ध्यान दिन आग्रह गर्न चाहन्छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण