भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकारको कूटनीति पहल असफल देखियो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनामा समाधानमा सरकारको कूटनीतिक असफलता देखिएको आरोप लगाएका छन् ।
मंगलबार संसद बैठकमा बोल्दै वाग्लेले विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले समयमै कूटनीतिक पहल नगर्दा विद्यार्थीहरू अलपत्र परेको आरोप लगाएका हुन् । उनले यस विषयमा निरन्तर निष्पक्ष छानबिन गर्नका लागि सरकारसँग आग्रह गरे ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युटमा भएको घटनामा निष्पक्ष छानबिनका लागि भारत सरकारसँग निरन्तर कूटनीतिक पहल गर्नुपर्छ । एक दुई वटा वक्तव्य जारी गरेर हुँदैन । हरेक दिन अपडेट चाहिन्छ । परराष्ट्रको संयन्त्रकै रिस्टक्चर गर्नुपर्ने छ । गोजीबाट बनाएको राजदूतले काम गर्न सक्षम हुन्छन् । यस विषयमा सरकारले उचित ध्यान दिन आग्रह गर्न चाहन्छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप