प्रचण्डमाथि सूर्य थापाको कटाक्ष
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानबिन नहुने बताएका हुन् । देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरू उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उनको भनाई थियो।
उनले भने, ‘आज देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ती उचालिन्छन्, सेलाउँछन् । काण्डहरू उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरू अहिले बढी सक्रिय भएको पाइन्छ । ती काण्ड त्यति बेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् । स्वार्थमा सौदाबाजी गरिएका थिए कि, के थिए ? छानबिन कहाँ भएका थिए ? म सोध्न चाहन्छु, यती, ओम्नी के-के भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानबिन गरियो ? आज बलपूर्वक भन्नुस् वा अनिच्छावश भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ती फेरि जुर्मुराउन थालेका छन् ।’
उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्ने कुरा भ्रष्टाचारको ढाकछोप हो कि होइन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण