समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रजातन्त्र सशक्त आधार : मुख्यमन्त्री कार्की
विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
उनले नेपाली जनताले ठुलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गरे ।
'प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्। सहिदहरुको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ', - उनले भने ।
प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
'प्रजातन्त्रको मूल मर्म भनेको जनताको अधिकारको सम्मान हो। यसलाई जीवन पद्धति बनाएर अघि बढ्न सक्यौँ भने मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्छौँ', मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण