नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच द्विपक्षीय सम्झौता

काठमाडौँ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्स बिच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको छ ।
जसअनुसार नेपाल वायुसेवा निगमको सिधा उडान मार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुनेछ ।
सम्झौता अनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको उडान मार्फत विश्वभरिको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा हुने जनाइएको छ । त्यसैगरी विश्वभरिबाट पर्यटकहरू सहज रूपमा नेपाल भ्रमण गर्नसक्ने बताइएको छ । यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जर्नमा टेवा पुग्ने विश्वास लिइएको छ ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समय देखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न भएको सम्झौता पश्चात् नेपाल र जापान दुई देशका राष्ट्रिय ध्वजावाहक मार्फत एकआपसमा व्यापार विस्तार, यात्रुको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरिय सेवा प्रदान गर्न सकिने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन