मस्कको ‘डज’ ले बचाएको पैसाको २० प्रतिशत अमेरिकीलाई बाँड्दैछन् ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डज) ले संघीय सरकारको कर्मचारी र खर्च दुवै कटौतीको अभियान चलाइरहेको छ । यो अभियानबाट डजले बचाएको पैसाको २० प्रतिशत रकम अमेरिकी जनतालाई वितरण गर्ने विचार ट्रम्पले गरिरहेको बताएका छन् । अर्को २० प्रतिशत रकम भने सरकारी ऋण घटाउन छुट्याइने बताइएको छ ।
साउदी अरबको सार्वभौम सम्पत्ति कोषले फ्लोरिडाको मियामी बिचमा आयोजना गरेको लगानी सम्मेलनमा बोल्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । यस अभियानमा बचेको २० प्रतिशत सर्वसाधारण र अर्को २० प्रतिशत ३६० खर्ब डलरमा पुगेको संघीय सरकारको ऋण भुक्तानीमा प्रयोग गर्ने विचार आफूले गरिरहेको ट्रम्पले बताए । डजको जिम्मेवारी ट्रम्पले मस्कलाई दिएका छन् ।
‘सङ्ख्या अभूतपूर्व छन्, एलन । ओहो कति धेरै अर्बौ अर्ब डलर.. सयौं अर्ब डलर,’ फय्चर इन्भेष्टमेन्ट इनिसियटिभ (एफआईआई) सम्मेलनमा ट्रम्पले भने । २०२६ को जुलाईमा डजको काम सकिँदा सम्म यसले बढीमा २० खर्ब डलर बचाउने अपेक्षा गरिएको छ । त्यतिबेला ट्रम्पले कर तिर्ने सबै अमेरिकी परिवारलाई ५ हजार डलर चेक दिन खोजेका छन् ।
डजका सल्लाहकार जेम्श फिशब्याकले अघिल्लो दिन मात्रै एक्समा चार पृष्ठ लामो मेमो पोष्ट गरेका थिए । यसमा २०२६ को जुलाईसम्ममा डजले २० खर्ब डलर बचाउने अनुमान गरिएको र कर तिर्ने हरेक अमेरिकी घरपरिवारलाई ५ हजार डलरको चेक पठाउन सकिने बताएका थिए । फिशब्याकको मेमोमा प्रतिक्रिया दिँदै मस्कले यसबारे राष्ट्रपतिसँग कुरा गर्ने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण