महाकुम्भ आउने–जाने क्रममा ३ दुर्घटना, १४ जनाको मृत्यु
शुक्रबार, ०९ फागुन २०८१, १३ : १८

नयाँ दिल्ली । महाकुम्भसँग सम्बन्धित तीन दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । यी मध्ये दुई दुर्घटना उत्तर प्रदेशमा र एउटा बिहारमा भएको हो ।
दुई दुर्घटनामा मानिसहरू महाकुम्भमा स्नान गरेर फर्किरहेका थिए । एउटामा भने एक परिवार स्नान गर्न गइरहेको थियो ।
महाकुम्भ मेलाबाट बिहारको भोजपुर फर्किरहेको कार ट्रकको पछाडि ठोक्किएको छ । यसमा ६ जनाको मृत्यु भयो । यीमध्ये चार जना एउटै परिवारका थिए ।
वाराणसीको प्रयागराज राजमार्गमा भक्तजनहरू बोकेको कार पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो । यो कारका मानिसहरू महाकुम्भमा स्नान गर्न जाँदै थिए ।
उत्तर प्रदेशको गाजीपुरमा भने महाकुम्भबाट फर्किरहेको कार वाराणसी–गोरखपुर राजमार्गमा पार्क गरिएको ट्रलीसँग ठोक्कियो । यसमा ४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने