विदेशमा अध्ययन पूरा नसकेर फर्केका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयले पढाउने
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले विदेशमा अध्ययन पूरा नसकेर विशेष कारणले नेपाल फर्किने विद्यार्थीलाई पढाउने भएको छ । रजिस्ट्रारकाे कार्यालयले एक सूचना जारी गर्दै उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारणले अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूका क्रेडिट ट्रान्सर्फमर गरिदिने भएको हो ।
स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्ड बमोजिम क्रेडिट ट्रान्सफर (Credit Transfer) गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
हालै भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका छन्। नेपाली विद्यार्थी प्रकृति लम्सालकाे मृत्यु प्रकरणपछि उत्पन्न परिस्थितिपछि विद्यार्थीहरू नेपाल फर्किन थालेका हुन्। उनीहरू लक्षित गरेर विश्वविद्यालयले क्रेडिट ट्रान्सफर गरिदिने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण