आफूलाई भेट्न आउन लागेका दुई नेतामाथि खनिए ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेट्न आउन लागेका विश्वका दुई नेतामाथि नै खनिएका छन् । उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा युद्ध अन्त्य गर्न 'केही नगरेको' बताएका हुन् ।
दुवै नेताहरू अर्को हप्ता ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई भेट्न जाँदै छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शान्ति सम्झौताको बारेमा कुनै जानकारी नभएको समेत बताए।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसबेलादेखि, बेलायत, फ्रान्स र अन्य सहयोगी देशहरूले युक्रेनलाई हतियार र अन्य सहायता पठाउँदै आएका छन्।
सोमबार, युरोपेली नेताहरूले युक्रेनको सम्बन्धमा पेरिसमा आपत्कालीन बैठक गरे। यो बैठक अमेरिका र रुसबिचको भोलिपल्ट साउदी अरेबियामा हुने बैठकको ठिक एक दिन अघि भएको थियो।
युरोपेली नेताहरूले यो शान्ति सम्झौताले युक्रेन र युरोपलाई अलग गर्न सक्ने डर व्यक्त गरेका थिए।
बेलायती प्रधानमन्त्री स्टारमर र फ्रान्सेली राष्ट्रपति म्याक्रोँको आलोचना गरे तापनि अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा युरोपेली नेताहरूको भने प्रशंसा गरे।
उनले राष्ट्रपति म्याक्रोंलाई 'मित्र' भने प्रधानमन्त्री स्टारमरलाई 'असल व्यक्ति' भनेर वर्णन गरे।
राष्ट्रपति म्याक्रों सोमबार वाशिंगटन डीसी आइपुग्न सक्छन् भने प्रधानमन्त्री स्टारमर बिहीबार ह्वाइट हाउस पुग्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण