‘बोरा’ निर्दयी छोराको कुरूप
‘आमा हुनु भनेको छोराछोरीका लागि घरभित्रै स्वर्ग हुनु हो ।’
आमा शब्द सुन्नेबित्तिकै कर्णप्रिय नलाग्ने कुनै सन्तान होला र ! झनै हाम्रो नेपाली समाजमा आमाको महिमाबारे प्राक्कालीन सभ्यतादेखि नै वर्णन गरिएको छ । पढ्दा सुन्दा पनि आश्चर्यचकित लाग्ने कुरा के छ भने आमालाई जिउँदै बोरामा हालेर फालेको सत्य घटनाले भने कसको मन छिया–छिया हुँदैन होला र ! हो यही घटनामाथि लेखिएको उपन्यास ‘बोरा’बारे मेरो समीक्षात्मक टिप्पणी हुनेछ ।
‘बोरा’ पुस्तकको कभरमा बोराभित्रबाट खुम्चिएको अनुहार तन्काउँदै खिस्स हाँसेकी (झर्रो भाषामा) थोती बुढी आमाको तस्बिरले पाठकको मन मात्रै लोभ्याएको छैन । यो एक सिङ्गो दर्शनशास्त्र पनि हो ।
एउटा सन्तानलाई जन्म दिँदै गर्दा हजारौँ कोषिका चुँडिएको कठोर पीडालाई सन्तानको पहिलो मधुर चिच्याहटमा आमाले सजिलै भुलिदिन्छिन् । आफूले भोगेका हरेक पीडालाई कठोरताका साथ सहन गर्न सक्ने भएकै कारणले गर्दा ईश्वरीय वरदान, स्वर्गीय आनन्द र सन्तान उत्पादन गर्ने क्षमता भगवान्ले आमालाई नै सुम्पिएका होलान् । सायदै यस्तै बुझ्न सकिन्छ, पुस्तकको बाहिरी आवरणमा ।
जीवन र वैवाहिक जिम्मेवारीको दोसाँधमा उभिँदा आमा–बा चटक्कै बिर्सेकाहरूलाई यस पुस्तकले आफ्ना अभिभावकको मूल्य बोध गराउँछ । पारिवारिक बेमेललाई मेल गराउने बोरा उपन्यासको मुख्य जमर्काे रहेको छ ।
४७१ पृष्ठ रहेको पुस्तकमा सबैभन्दा चोटिलो र भयावह लाग्ने कुरा ‘झापामा आमाले सिमेन्टका बोरा बोकेर पढाएर डाक्टर भएका असल शर्माले बिहे गरेपछि ६८ वर्षकी आफ्नी आमालाई बोरामै हालेर चाबहिल गोपीकृष्ण हल अगाडिको पुलमा छोडिदिन्छन् ।’ यो घटनाका पात्रहरू काल्पनिक भए पनि कथा भने सत्य भएको पाइन्छ ।
पुस्तकमा अधिकांश महिला महिलाद्वारा नै शोषित भएको र परोक्ष रूपमा पुरुष पनि घरेलु हिंसाको साधनका रूपमा प्रयोग हुनु नेपाली समाजमा आज पनि पितृसत्ताले जकडिएको देखिन्छ । कथाकी मुख्य पात्र यमुनाले छोरा असलबाट असल बानी पाउँदिनन् । उनलाई बुहारीको अरनखटनमा लागेर छोराले बोरामा हालेर मिल्काउँछ । बुहारी निर्जलाले पाहुनालाई मेरी सासु हुन नभनेर घरेलु कामदारका रूपमा चिनाउँछिन् । समाजभित्र हुने गरेका यस्ता चित्रण र चित्कार यत्रतत्र छन् ।
‘त्यो बोरा शीर्षकबाट सुरु भएर यो बोरा शीर्षकमा’ टुङ्गिएको उपन्यासलाई ५३ वटा भागमा विभाजन गरिएको भए पनि १३औँ भागमै पात्र फ्ल्यासब्याकमा पुगेर पश्चातापको आगोमा जल्नु कथा अलि छरिएको अनि धनकुटा, झापाको सुरुङ्गा, महारानी झोडा, चन्द्रगढी, देउनिया, इटहरी, विराटनगर हुँदै काठमाडौँसम्म फिँजारिएको स्थान र पात्र पनि परस्पर विरोधी देखिनु नसुहाउँदो देखिन्छ ।
बोरा नेपाली समाजमा पछिल्लो समय देखिएको पारिवारिक विचलनसँगै एउटी महिलाले आफ्नै श्रीमान्बाट श्रीमतीको रूपमा तथा छोरा–बुहारीबाट आमाको भूमिकामा भोग्नुपरेको दुःखलाई याथार्थपरक ढंगले उतारिएको छ । उपन्यासले समाजको यतार्थ व्यथालाई निकै मेहनत गरेर शब्दमा बुनिएकाले उपन्यास सशक्त र पठनीय भने पक्कै हो ।
उपन्यासको ४४ भागमा लेखिएको छ, ‘मनमा अनेक खुलदुली भए । तर, मलाई ‘बोरा’ शब्द उच्चारण गर्ने आँटसम्म आएन । यसले आमाको प्रतिष्ठामा आघात पर्ने चिन्ता व्यक्त गर्छ, जसले आमाको भावनामा चोट नपुगोस् भन्ने बुझिन्छ । अत्याचारी बाउले बोरामा फ्याँकिएकी हजुरआमालाई न्याय दिलाउन नाति निर्जलले पापिष्ट बाउसँग, दुष्ट समाजसँग, असमान कानुनसँग लडेको हुन्छ । तर, जति दुष्ट भएपनि छोरासँग एउटी आमा लड्न सक्तिन रहिछन । सच्चिन्छ, सप्रिन्छ छोरा र लिन आउँछ भन्ने आसमा एउटी आमाको वर्षाैंसम्म बाटो हेर्ने आँखा रोकिने रहेनछ ।
२३७ पेजमा २०२० सालको दशकमा झापामा कक्षा ९ पढेकी यमुनाले धनकुटाको जितपुरमा विद्यालय पढाउन नपाएको तर उनका श्रीमान्ले दश पढेर पनि शिक्षकको जागिर पाएको पनि बलियो कथ्यलाई तत्कालीन समयमा रेडियो तालिम लिएर विद्यालय पढाउन पाउने तथ्य मिसावट गर्न सकिएको भए स्पष्ट बुझ्न सकिन्थ्यो ।
लेखक आफैँ पनि पत्रकार हुनुका साथै नेपाली भाषा र साहित्यलाई माया गर्ने व्यक्ति हुनुहुन्छ । तर उहाँकै पुस्तकमा आयातीत पश्चिमी शब्द भाषाशैलीको प्रयोगले भने पाठक वर्गलाई खल्लो लाग्न सक्छ । यद्यपि ती शब्दावली प्रयोगले ल्याउने जस्तो मिठा ठेट नेपाली शब्दावलीले नल्याएको पनि हो ।
जीवन र वैवाहिक जिम्मेवारीको दोसाँधमा उभिँदा आमा–बा चटक्कै बिर्सेकाहरूलाई यस पुस्तकले आफ्ना अभिभावकको मूल्य बोध गराउँछ । पारिवारिक बेमेललाई मेल गराउने बोरा उपन्यासको मुख्य जमर्काे रहेको छ ।
आमाको जीवनको रक्तश्रावबाटै मेरो जीवनको ब्रह्मनाल बनेको हो । जसले आफूलाई चित्ताकर्षक बनाएर हामीलाई सिङ्गो जीवन दिइन् हाम्रो यो सारा जीवन उनै आमाहरूको नाममा अर्पित गर्दै आमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भनिन्छ, आमालाई जोडेर लेखिएको यो बोरा पुस्तकको महत्त्व नहुने कुरै भएन । आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्क्तिकारको सलाम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण