बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
कोलकता । भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको ६ महिना बित्दा पनि उनका अभिभावकले मृत्यु प्रमाणपत्रको प्रतिलिपि पाउन सकेका छैनन् ।
कोलकता महानगरको आरजी कर मेडिकल कलेज अस्पतालकी प्रशिक्षार्थी डाक्टरको शव गत अगस्ट ९ को बिहान कलेजकै सेमिनार हलमा भेटिएको थियो ।
आरजी कार र कोलकाता म्युनिसिपल कर्पोरेसन (केएमसी) का अधिकारीहरूले एकअर्कालाई जिम्मेवारी सार्दै अहिलेसम्म मृत्यु प्रमाणपत्र नदिएका मृतकका अभिभावकले आरोप लगाएका छन् ।
मृत्यु हुने स्थान आरजी कार कलेज भएकाले मृत्युको प्रमाणपत्र उपलब्ध गराउने जिम्मा पनि अस्पताल प्रशासनकै भएको केएमसीका अधिकारीहरुले दाबी गरिरहेका छन् ।
अर्कातर्फ आरजी कारका अधिकारीले अस्पताल परिसरमै बिरामीको मृत्यु भएमा वा अस्पतालमा मृतकसम्म ल्याए पनि मृत्यु प्रमाणपत्र केएमसीका अधिकारीले दिनुपर्ने बताइरहेका छन् ।
मृतकका आमाबुवाले मृत्यु प्रमाणपत्रको प्रतिलिपि नपाएको दाबी गर्दा अदालतका कागजातमा पनि त्यही उल्लेख गरिएको आरजी कारसँग संलग्न मेडिकल अधिकृतको बयानमा उल्लेख छ । अदालतका कागजातमा मृत्यु प्रमाणपत्र उल्लेख छ भए पनि प्रमाणपत्र प्रतिलिपि नदिएकोमा उनीहरूले आश्चर्य व्यक्त गरेका छन्।
गत हप्ता कोलकाताको एक विशेष अदालतले सीबीआईलाई फेब्रुअरी २४ मा यस मुद्दामा आफ्नो अनुसन्धानबारे नयाँ प्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। विशेष अदालतले बलात्कार र हत्याका मुख्य अभियुक्तलाई यसअघि नै कैद सजाय सुनाएको थियो । त्यसैले पछिल्लो प्रगति प्रतिवेदन मुद्दामा प्रमाण छेडछाडसँग सम्बन्धित हुने कानुनी सर्कलको अनुमान छ ।
घटनाको अनुसन्धानको प्रगतिबारे केन्द्रीय निकायले समय समयमा अदालतलाई जानकारी नगरेको आरोप लगाउँदै मृतक परिवारका वकिलले दायर गरेको उजुरीपछि विशेष अदालतले सीबीआईलाई नयाँ प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण