८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
शनिबार, १० फागुन २०८१, २० : ४०
काठमाडौँ । दुई गोलले पछि परेको अवस्थालाई म्यानचेस्टर युनाइटेडले बराबरी गर्दै खेल टुंग्याएको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनको मैदानमा २-२ को बराबरी गर्न सफल भएको हो ।
१९ औं मिनेटमा बेटो र ३३ औं मिनेटमा अब्दुल डोकुरेले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा निकै तनाव झेलेको युनाइटेडले दोस्रो हाफमा ८ मिनेटभित्र दुई गोल गर्न सफल भयो ।
लगातार दुई खेलमा हार बेहोरेको युनाइटेडका लागि आजको खेलमा ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेज र ८० औं मिनेटमा म्यानुअल उगार्टेले पराजित हुन दिएनन् ।
जारी लिगमा २६ मध्ये १२ वटा हार खेपिसकेको उसको आजको खेलबाट ३० अंक भएको छ । लिगको १५ औं स्थानमा छ । यता पछिल्ला पाँच खेलमा हार नबेहोरेको एभर्टन भने २५ खेलबाट ३७ अंक बनाएर १२ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण