पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
काठमाडौँ । पाकिस्तानका प्रसिद्ध गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार एक कार्यक्रममा गर्दै आयोजक साधना कला केन्द्रले कार्यक्रमको विभिन्न पक्ष बारे जानकारी दिएको हो ।
साधनाका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमान्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्ने छ । उनले ‘गाजलु ती ठुला ठुला आँखा’ लगायतका ४ नेपाली गीतसहित दर्जनौँ हिन्दी गीत श्रोतामाझ पस्कने छन् ।
आयोजक मोक्तानको टिमले पहिलो पटक गुलाम अलीको ती पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए । गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि नेपाल दर्शक तथा श्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकले जानकारी दिएको छ ।
सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा सङ्गीतकार दीपक जङ्गमलाई विशेष सम्मान समेत गरिने आयोजक टिमले जानकारी दिएको छ । गीतकार तथा सङ्गीतकार जङ्गमले गुलाम अलीका चार गीतमा शब्द तथा सङ्गीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण