शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने

आइतबार, ११ फागुन २०८१, ०८ : ३८
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । पाकिस्तानका  प्रसिद्ध गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार एक कार्यक्रममा गर्दै आयोजक साधना कला केन्द्रले कार्यक्रमको विभिन्न पक्ष बारे जानकारी दिएको हो ।

साधनाका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमान्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्ने छ । उनले ‘गाजलु ती ठुला ठुला आँखा’ लगायतका ४ नेपाली गीतसहित दर्जनौँ हिन्दी गीत श्रोतामाझ पस्कने छन् । 

आयोजक मोक्तानको टिमले पहिलो पटक गुलाम अलीको ती पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए । गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि नेपाल दर्शक तथा श्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकले जानकारी दिएको छ । 

सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा सङ्गीतकार दीपक जङ्गमलाई विशेष सम्मान समेत गरिने आयोजक टिमले जानकारी दिएको छ । गीतकार तथा सङ्गीतकार जङ्गमले गुलाम अलीका चार गीतमा शब्द  तथा सङ्गीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप