नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला हुने भएको छ । कम्पनीले जारी गरेको आह्वान पत्र अनुसार आजदेखि बुधबारसम्म आईपीओ बिक्रीका लागि खुला हुने भएको हो । सो अवधिमा बिक्री नभएमा फागुन २५ गतेसम्म समय थप गर्नसक्ने जनाइएको छ ।
कम्पनीले ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको थियो । सो रकममध्ये १० प्रतिशत रकम वैदेशिक रोजगारीमा गएका, ३ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका शेयरधनीलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । अहिलेको बाँडफाँट प्रणाली अनुसार उक्त शेयर अधिकतम १ लाख ८४ हजार ५०० जनाले प्राप्त गर्न सक्नेछन् ।
उक्त शेयरमा आवेदन दिन चाहनेले सी–आश्वा सेवा भएका बैंक तथा वित्तीय संस्था एवं मेरो शेयरको एपबाट आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिँदा कम्तीमा १० देखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको नेटवर्थ १०१.३६ रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५६ पैसा हुँदा सञ्चित नाफा ३० लाख ८८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण