होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा
मुम्बई । फिल्म निर्देशक फराह खानविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ। यो मुद्दा ‘हिन्दुस्तानी भाउ’को नामले चर्चित सोसल मिडिया इन्फ्लुएन्सर विकास पाठकले दायर गरेका हुन्।
हिन्दूहरूको धार्मिक भावनालाई अपमान गरेको आरोपमा फराह विरुद्ध खार प्रहरी चौकीमा आपराधिक उजुरी दर्ता गरिएको छ। विकासका वकिल रहेका अधिवक्ता अली काशिफ खान देशमुखले होली पर्वलाई 'छपरी' को पर्व भनेर फराहले हिन्दूहरूको धार्मिक भावनाको अपमान गरेकी हुन्।
२० फेब्रुअरी २०२५ मा लोकप्रिय कार्यक्रम 'सेलिब्रेटी मास्टरशेफ' मा आरोपीले होलीलाई 'छपरी' को पर्वको रूपमा वर्णन गरेको उजुरीमा भनिएको छ। सामान्यतया ‘छपरी’ शब्द अपमानजनक शब्दहरूसँग प्रयोग गरिन्छ।
यो सम्पूर्ण विवाद 'सेलिब्रेटी मास्टरशेफ' कार्यक्रमको एक एपिसोडबाट सुरु भएको थियो। फराह यस कार्यक्रमको निर्णायक हुन्।
कार्यक्रमको एक एपिसोडमा उनले होलीको बारेमा टिप्पणी गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘होली सबै छपरी केटाहरूको मनपर्ने पर्व हो।’
फराहको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि उनको चर्को आलोचना भइरहेको छ। कतिपयले उनले माफी माग्नुपर्ने माग गरिरहेका छन् भने कतिपयले उनीविरुद्ध कारबाहीको माग गरिरहेका छन्। केही प्रयोगकर्ताहरूले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पनि ट्याग गरे र कारबाहीको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण