कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
काठमाडौँ । माओवादी केन्द्रका नेता सुदन किरानीले कम्युनिस्ट नेताहरूको छोराछोरी पढ्ने विद्यालय सार्वजनिक गरिनुपर्ने बताएका छन् । कम्युनिस्टका छोराछोरी महँगा स्कुलमा पढ्ने गरेकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
‘अबको विद्यार्थी संगठनहरुले कम्युनिस्ट पार्टीको नेताहरूको छोरा छोरी कहाँ कहाँ पढ्छन् र के के गर्छन् सार्वजनिक गर्नुपर्छ र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा उठाउनु पर्छ’, खोटाङको दिक्तेलस्थित महेन्द्रोदय माध्यमिक विद्यालयको ६२ औँ जन्म जयन्ती कार्यक्रम आइतबार उनले भने ।
उनले यसो गर्न नसकिए विद्यार्थी संगठनको औचित्य नै समाप्त हुने बताए । ‘निजी शिक्षाको अन्त्य र सार्वजनिक शिक्षा निःशुल्क र गुणस्तरीय भन्ने मूल्यमा जनताको छोरा छोरीले बलिदान गरेका छन्। ‘के त्यो बलिदानमा विद्यार्थीले बगाएको रगत पानी साबित भएको हो ? हिजो जनवादी शिक्षाको नारा दिएर सत्ताको सिंहासनमा पुगेका पार्टीका ठुला ठुला नेताहरूले आफै निजी स्कुलमा लगानी गरेर व्यापार गरिरहेका छन्,’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण