ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
सोमबार, १२ फागुन २०८१, ०१ : ५४
काठमाडौं । स्पेनिस ला लिगामा थोरै असावधानीले चिप्लिएको रियाल मड्रिड फेरि लयमा फर्किएको छ । रियालले आइतबार राती घरेलु मैदानमा पाहुना टोली गिरोनामाथि २-० को सहज जित निकाल्दै लयमा फर्किएको संकेत गरेको हो ।
रियाल मड्रिडलाई जिताउन लुका मोड्रिच र भिनिसियस जुनियरले एक एक गोल गरे । लयमा फर्किएको रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरे पनि गोल अन्तरका आधारमा एक स्थान पछि परेको छ । शीर्ष स्थानको बार्सिलोनाको समान २५ खेलबाट ५४ अंक छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५३ अंक छ ।
लिग अन्तर्गत आइतबार राती नै एथ्लेटिक क्लबले रियाल भालाडोलिडलाई ७-१ गोल अन्तरले हराउँदा रियाल बेटिसले गेटाफेलाई २-१ ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण