फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
काठमाडौं । फ्रेडरिक मर्ज जर्मनीको आगामी चान्सलर बन्ने संभावना बढेको छ । कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनावमा २८.५ प्रतिशत मत सुरक्षित गर्ने र संसदमा सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपणसँगै मर्ज चान्सलर बन्ने प्रबल संभावना रहेको बीबीसीले जनाएको छ ।
कन्जरभेटिभ नेताले आफुहरुले चुनाव जितिसकेको र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो स्थानमा आउनेमा शंका व्यक्त गरेका छन् । चान्सलरका प्रमुख दावेदार मर्जले प्रभावकारी चुनावी अभियानको प्रशंसा गरेका छन् भने सरकार बनाउने सन्दर्भमा एक सेकेण्ड पनि खेर फाल्न नहुने प्रतिक्रिया दिएका छन् ।
दक्षिणपन्थी एएफडी २०.५ प्रतिशत मतका साथ मुलुकको दोस्रो ठूलो पार्टी हुने अनुमान गरिएको छ । सन् २०२४ को अन्तमा तीन दलीय गठबन्धन भङ्ग भएसँगै जर्मनीमा नयाँ संघीय सरकारका लागि लाखौं नागरिकले मतदान गरे । जसकारण आकस्मिक चुनाव भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण