फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना

काठमाडौं । फ्रेडरिक मर्ज जर्मनीको आगामी चान्सलर बन्ने संभावना बढेको छ । कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनावमा २८.५ प्रतिशत मत सुरक्षित गर्ने र संसदमा सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपणसँगै मर्ज चान्सलर बन्ने प्रबल संभावना रहेको बीबीसीले जनाएको छ ।
कन्जरभेटिभ नेताले आफुहरुले चुनाव जितिसकेको र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो स्थानमा आउनेमा शंका व्यक्त गरेका छन् । चान्सलरका प्रमुख दावेदार मर्जले प्रभावकारी चुनावी अभियानको प्रशंसा गरेका छन् भने सरकार बनाउने सन्दर्भमा एक सेकेण्ड पनि खेर फाल्न नहुने प्रतिक्रिया दिएका छन् ।
दक्षिणपन्थी एएफडी २०.५ प्रतिशत मतका साथ मुलुकको दोस्रो ठूलो पार्टी हुने अनुमान गरिएको छ । सन् २०२४ को अन्तमा तीन दलीय गठबन्धन भङ्ग भएसँगै जर्मनीमा नयाँ संघीय सरकारका लागि लाखौं नागरिकले मतदान गरे । जसकारण आकस्मिक चुनाव भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द