पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
भ्याटिकन सिटी । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । आइतबार भ्याटिकनले एक विज्ञप्तिमा पोपले अझै पनि अक्सिजन थेरापी लिइरहेको बताएको हो ।
विज्ञप्ति अनुसार रगत परीक्षणबाट उनलाई मुटुको समस्या भएको पत्ता लागेको छ । यसबाहेक उनमा मिर्गौला सम्बन्धी समस्याहरू पनि देखिएको छ ।
आइतबार भ्याटिकनले पोपको रगतमा प्लेटलेट्सको संख्या अति नै न्यून स्तरमा झरेको बताएको थियो । विज्ञप्तिमा क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह पनि गरिएको थियो ।
केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई पहिले ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनलाई निमोनिया भएको पाइयो । अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण