पोप फ्रान्सिसको अवस्था अझै गम्भीर

भ्याटिकन सिटी । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ । आइतबार भ्याटिकनले एक विज्ञप्तिमा पोपले अझै पनि अक्सिजन थेरापी लिइरहेको बताएको हो ।
विज्ञप्ति अनुसार रगत परीक्षणबाट उनलाई मुटुको समस्या भएको पत्ता लागेको छ । यसबाहेक उनमा मिर्गौला सम्बन्धी समस्याहरू पनि देखिएको छ ।
आइतबार भ्याटिकनले पोपको रगतमा प्लेटलेट्सको संख्या अति नै न्यून स्तरमा झरेको बताएको थियो । विज्ञप्तिमा क्याथोलिक ईसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह पनि गरिएको थियो ।
केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई पहिले ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनलाई निमोनिया भएको पाइयो । अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने