१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
काठमाडौँ । रुपन्देहीमा निर्माणधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । उक्त क्रिकेट मैदानमा पाँचवटै फ्लड लाइट जडानको काम सम्पन्न भएको जानकारी एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले दिए ।
‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हामीले पाँचवटै फ्लड लाइट जडान सम्पन्न गरिसकेका छौँ । आजदेखि हामी नेपाली क्रिकेटको विकास र विस्तारका दृष्टिकोणले अर्को ऐतिहासिक चरणमा प्रवेश गर्दैछौँ,’ कुँवरद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त स्टेडियममा माघ २६ गतेदेखि फ्लड लाइट जडानको काम सुरु भएको थियो । आइतबारदेखि नै फ्लड लाइट परीक्षणको काम सुरु हुने जानकारी पनि कुँवरले दिए । यो नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक निजी क्षेत्रबाट निर्माण गर्न लागिएको क्रिकेट स्टेडियम हो ।
यो क्रिकेट स्टेडियम रुपन्देहीको तिलोत्तमा निर्माण हुँदैछ । फ्लड लाइट जडान गर्न करिब सात करोड रुपैयाँ खर्च भएको बताइएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको शिलान्यास २०८० साल जेठ २९ गते भएको थियो । उक्त क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु पनि आयोजना हुने भएका छन् । प्रधानमन्त्री कपका लागि हाल स्टेडियमलाई तयार पार्ने काम भइरहेको जानकारी पनि कुँवरले दिए ।
प्रधानमन्त्री कपको आगामी संस्करण फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ । प्रतियोगिताको पहिलो दिन फागनु २५ गते तीनवटा खेल हुनेछ ।
पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब तथा लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण