पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
सोमबार, १२ फागुन २०८१, १५ : १६
काठमाडौँ । त्रिभुवन आर्मी क्लबले केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्स मैदानमा सोमबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा पुगेको हो ।
आर्मी क्लबको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक–एक गोलको योगदान गरे । आर्मी क्लबले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १९औँ मिनेटमै नवयुग श्रेष्ठले आर्मी क्लबलाई अग्रता दिलाएका थिए ।
सोही गोलका कारण पहिलो हाफमा आर्मी क्लब १–० ले अगाडि रह्यो । निर्धारित समयको ८१औँ मिनेटमा आर्मी क्लबका लागि दिनेश हेन्जनले दोस्रो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण