छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक परिसूचकमा सामान्य सुधार भएको छ । पछिल्लो ५ दिन देखि लगातार रूपमा बढेको नेप्से परिसूचक छैटौँ दिन पनि सामान्य अंकले वृद्धि भएको हो ।
आइतबार ११.६६ अंकले बढेको नेप्से सोमबार ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ।
सोमवार कारोबारमा आएका ३१० कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा कारोबार रकम हुने थोरै घटेको छ । आइतबार ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ,लगानी,प्रशोधन र अन्य उपसमूहको परिसूचक बढेको छ । यता वित्त, होटल तथा पर्यटन, लघुवित्त निर्जीवन बीमा र म्युचुअल फण्ड लगायत उपसमूहको परिसूचक घटेका छन्।
सोमवार कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य साढे ९ प्रतिशत बढेको छ भने बोटलर्स नेपालको शेयर मूल्य ८ प्रतिशत बढेको छ ।
कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे ८० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण