कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने
काठमाडौँ । राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालन आवश्यक रहेको बताएकी छन् ।
सोमबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले पाँच दशक अघि नेपालमा अन्तर्राष्ट्रिय स्तरका समुन्द्रमा जल यातायात सञ्चालनका कानुन बनेता पनि जल यातायात सञ्चालन नभएको तर्क गरिन् ।
साथै उनले कन्टेनरबाट आयात गर्दा लाग्ने ढुवानी खर्च जोगिने उनले तर्क गरिन् ।
न्यौपानेका अनुसार कन्टेनरबाट आयात गर्दा देशको कुल खर्चमध्ये २५ प्रतिशत ढुवानी खर्च हुँदै आएको छ । पानीजहाजबाट आयात गर्दा ३ खर्व बढी ढुवानी खर्च जोगाउन सकिन्छ ।
‘अमेरिका र न्युजरल्याण्डबाट आउने र मलेसियाबाट सिङ्गापुर र दुवैमा चल्ने २४ हजार ३ सय कन्टेनर बोक्ने पानीजहाज भारतको पट्ना र ककत्तासम्म चल्दा रहेछन्,’ उनले भनिन्, ‘छिमेकी भारतको पटना र ककत्ता ५० देखि ८० कन्टेनर बोक्न सक्ने पानीजहाज ल्याउन सकिन्छ । ५० कन्टेनर बोक्न सक्ने पानीजहाज नेपाल ल्याउन सकियोभने ५० वटा ट्रक विस्थापित हुन्छन्।’
कलकत्ता देखि नेपालको त्रिवेणी र कोशीसम्म यस्तो पानीजहाज ल्याउन सकिने उनको तर्क थियो ।
‘कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर रहेको छ,’ उनले भनिन्, ‘यसोभए हाम्रो पानीजहाज किन नचलाउने त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण