कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन
काठमाडौँ । प्रहरी कर्मचारी (ट्राफिक)ले कुन कानुन अन्तर्गत सवारी साधनको ‘ह्वील लक’ गरेको हो भन्दै सूचना आयोगमा निवेदन दायर भएको छ । धनुषा घर भएका विवेक चौधरीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका हुन् ।
उनले उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ आफूले माग गरे बमोजिम सूचना नपाएको भन्दै आयोगमा फागुन ११ गते निवेदन दायर गरेका हुन् ।
प्रहरी ऐन २०१२ वा अरू कुनै प्रचलित ऐनबाट पाएको अधिकारभन्दा बढी अख्तियार प्रहरीले प्रयोग गर्न पाउँदैन भन्ने कानुनी व्यवस्था रहेको भन्दै चौधरीले यातायात व्यवस्था ऐन २०४९ ले प्रहरीलाई सवारी नियम उल्लंघनमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० र १६४ मा जरिवाना गर्ने अधिकारमात्र दिएको जिकिर गरेका छन् । उक्त ऐनमा कतै पनि प्रहरीलाई गाडीमा ह्वील लक गर्न मिल्ने अधिकार नभएको भन्दै उनले कुन कानुन अन्तर्गत सवारी साधनमा ह्वील लक गरिँदै आएको हो भन्नेबारे सूचना माग गरेका हुन् ।
कानुन विपरीत काम हुँदै आएको हो भने सम्बन्धितमाथि कारबाहीको मागसमेत चौधरीले निवेदनमा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण