प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
तेल अभिभ । गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरू राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्ने बताएको छ, जसमा सहमति अनुसार जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्त राखिएको थियो ।
इजरायलले आइतबार ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ रोक्का गरेको थियो । हालै हमासले रिहा गरेको छ जना जीवित र चार जना मृत बन्धकहरूको बदलामा ती बन्दीहरूलाई रिहा गर्नु पर्थ्यो । तर हमासले बन्धकहरूलाई गरिएको बर्बर व्यवहारलाई उद्धृत गर्दै इजरायलले यसो गर्न मानेन ।
प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले भनेका थिए ।
उनले मध्यस्थकर्ताहरू, विशेष गरी अमेरिकालाई इजरायलमाथि दबाब दिन आह्वान गरेका छन् । सम्झौताको पहिलो चरण र छ हप्ताको अस्थायी युद्धविराम शनिबार समाप्त हुँदै छ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने अप्रत्यक्ष वार्ता अझै सुरु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण