कंगोमा जारी युद्धमा ७ हजार मारिए
मङ्गलबार, १३ फागुन २०८१, ११ : ५५
कंगो । कङ्गोमा जनवरीयता झन्डै ७ हजार जना मारिएका छन् । त्यहाँका प्रधानमन्त्रीले सोमबार जेनेभामा जुडिथ सुमिन्वा तुलुकाले मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकमा यस्तो बताएका हुन् ।
लडाइँमा विस्थापित भएकाहरूलाई राख्न प्रयोग हुँदै आएका ९० क्याम्प ध्वस्त भएपछि ४ लाख ५० हजार मानिस छतबिन बनेको तुलुकाले बताएका छन् ।
सशस्त्र समूह एम२३ले कंगोमा एक दशकभन्दा बढी समययताकै भयानक द्वन्द्व गराइरहेको छ । यस समूहले पूर्वका कयौं क्षेत्रलाई नियन्त्रणमा लिएर बहुमूल्य खनिज खानीमाथि कब्जा जमाएको छ ।
एम२३ लाई रुवान्डाको समर्थन रहेको कंगो, संयुक्त राष्ट्र संघ र पश्चिमी देशहरूले आरोप लगाउँदै आएका छन् । तर रुवान्डाले भने यो आरोप खण्डन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण