‘हामी हारबाट आजित भइसक्यौँ, कृपया अबदेखि पाकिस्तान र भारतलाई एउटै समूहमा नराख्नु’
काठमाडौँ । ‘मिनी वल्र्डकप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तानी टोलीका लागि बिर्सनलायक रह्यो । प्रतियोगिताको मुख्य आयोजकसमेत रहेको पाकिस्तानी टोली उपाधि होडबाट पनि बाहिरिइसकेको छ ।
पाकिस्तानी टोली लगातार दुई खेलमा पराजित भइसकेको छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको पाकिस्तानी टोली दोस्रो खेलमा पनि चिरप्रतिद्वन्द्वी भारतसँग ६ विकेटले हारेको थियो ।
सोमबार सम्पन्न खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै पाकिस्तानी टोली समूहगत चरणबाटै बाहिरिने पक्का भएको हो । आफ्नो टोली उपाधि होडबाट बाहिरिएपछि पाकिस्तानी समर्थकहरू निकै रुष्ट बनेका छन् ।
समर्थकहरूले निरन्तर रूपमा सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखिरहेका छन् । अधिकांश समर्थकले पाकिस्तानी खेलाडीहरूको प्रदर्शन निकै निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानकै पूर्वखेलाडीले पनि आक्रोश व्यक्त गरेका छन् ।
यसैक्रममा, पाकिस्तानका एक पत्रकारले पनि आक्रोश पोख्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० सँग अनौठो आग्रह गरेका छन् । उनले आगामी दिनमा पाकिस्तान र भारतलाई एउटै समूहमा नराख्न आईसीसीसँग आग्रह गरेका छन् ।
ती पत्रकारले आईसीसीलाई सम्बोधन गर्दै भनेका छन्, ‘कृपया, अबदेखि ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तान र भारतलाई एउटै समूहमा नराख्नु होला । पाकिस्तानी समर्थक पटक–पटकको पराजयले निराश भइसकेका छन् ।’ दी डनका पत्रकार इमरान सिद्धिकीले ठुला प्रतियोगिताबाट हुने मुनाफाको केही अंश पाकिस्तानी समर्थकलाई दिन पनि अनुरोध गरेका छन् ।
‘हामी पटक–पटकको हारबाट आजित भइसक्यौँ । त्यसैले ठुला प्रतियोगिताबाट हुने मुनाफाको केही प्रतिशत रकम पाकिस्तानी समर्थकलाई दिइयोस् । पाकिस्तानी समर्थकले त्यो पैसाबाट अस्पताल गएर आफ्नो उपचार गराउने छन् । अब पाकिस्तानी समर्थकले योभन्दा बढी बेइज्जती सहन सक्दैनन्,’ सिद्धिकीले भनेका छन् ।
"Another Salana Bezati"
— ٰImran Siddique (@imransiddique89) February 23, 2025
"Dear ICC,
As a fan of Pakistan, I humbly request that plz consider separating Pakistan and India into different groups. We're tired of facing defeats and humiliation on yearly Basis. If that's not possible, could you at least give Pakistan fans a share… pic.twitter.com/E7vgT2tl1j
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण