तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
काठमाडौँ । हिजो आज अधिकांश मान्छे तौल घटाउन चाहन्छन् । तर यो कुनै ‘च्यालेन्ज’भन्दा कम छैन । तौल घटाउन खानपिनमा त कन्ट्रोल गर्नु पर्छ नै जिममा पनि घण्टौँ पसिना बगाउनु पर्छ । तर, यति सबै गर्दा पनि कयौँ मानिस आफ्नो तौल घटाउन असफल भइरहेका छन् । यस्तोमा कि यति सबै गरिसक्दा तौल घट्न किन गाह्रो भइरहेको छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
आफ्नो इन्स्टाग्राम पोस्टमा वेट लस कोच एन–मारिया टमले बिहानको खाजामा कफी पिउने, रक्सी पिउने र बेलुका बचेको खाना खाँदा तौल घटाउन गाह्रो हुने कुरा बताएकी छिन् । क्यालोरी घटाउँदा समेत तौल नघट्नुमा अस्वस्थकर खानाका विकल्पहरू कसरी जिम्मेवार हुन सक्छन् भनेर व्याख्या गरेकी छिन् ।
- के गर्नु हुन्न ?
‘धेरै प्रयास गर्दा समेत तपाईंको तौल घटिरहेको छैन भने, यसको कारण ब्रेकफास्टमा कफी पिउनु, दिउँसोको खानामा सलाद र माछा खानु, बेलुका ४ बजे कफी र कुकिज खान मन लाग्नु, रातिको खानामा बचेको खाना खानु र त्यस माथि रक्सी सेवन गर्नु हो ।’ एन–मारिया टमले भनिन् । कम क्यालोरी भएको खाना खान्छु, स्वस्थकर खाना खान्छु भनेर भन्नेहरूको समेत तौल किन घटिरहेको छैन त ? हामी बिना मतलब जे पनि खाइरहेका छौं, तर यो कुरा स्वीकार गर्न नचाहेको उनले बताइन् । आफू के गर्दैछु भन्ने थाहा नभएको पनि उनले भनिन् ।
- तौल घटाउनमा यसले गर्न सक्छ मद्दतः
–ब्रेकफास्टमा टोस्ट र दुई वटा अण्डा खानुहुन्छ भने यो टोस्टलाई कोडियाक वाफल वा प्यानकेकका तीन टुक्राहरू खानुस् । यसमा कार्बाेहाइड्रेट र प्रोटिनको मात्रा धेरै हुन्छ र यसले लामो समयसम्म पेट डम्म भरिएको महसुस गराउँछ ।
–प्लेटमा कम्तीमा आधा हाई–फुलनेस इन्डेक्स भएको खानेकुरा राख्नुहोस् । यी खानेकुराले लामो समयसम्म पेट डम्म भरिएको महसुस गराउन मद्दत गर्छ । यी खानेकुराको फूलनेस इन्डेक्स २०० भन्दा बढी हुनुपर्छ ।
–बेलुकाको खानामा कुखुरा वा मटनको सुप खानुहोस् ।
अस्वीकरण (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण